शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी निर्णय अटेर गर्दै विद्यालय खोल्ने ११ जना प्रहरीको नियन्त्रणमा

सरकारी निर्णय अटेर गर्दै विद्यालय खोल्ने ११ जना प्रहरीको नियन्त्रणमा

कोरोना भाइरस संक्रमण बढ्न नदिन विद्यालय बन्द गर्ने सरकारले गरेको निर्णय अटेरी गर्ने सप्तरीका विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरुलाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

जनकपुरधाम– कोरोना भाइरस संक्रमण बढ्न नदिन विद्यालय बन्द गर्ने सरकारले गरेको निर्णय अटेरी गर्ने सप्तरीका विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारी निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेका ८ वटा निजी विद्यालयका ११ जनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। 

नेपाल सरकारको निर्णय कार्यान्वयन गराउने क्रममा सोमबार अनुगमनका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक धमलाले बताए। 

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–८ घर भई लक्ष्मी इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक राजेशकुमार यादव, वैधनाथ कुमार झा, बुलन्द साह छन्।

त्यस्तै ह्यापी ल्याण्ड माविका सञ्चालक शैलेन्द्र कुमार ठाकुर, जानकी सेकेन्डरी स्कुलका शिक्षक हरिकिसुन राम,  एन्जल बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव, पिस जोन स्कुलका सञ्चालक उमाकान्त साह, सृजना सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक रिमा झा, लिटिल फ्लावर सेकेन्डरी स्कुलका सञ्चालक डा. कामन्त देव, ग्रिन इंग्लिस बोर्डिङ स्कुलका शिक्षक मनोज यादव र सिपस बोर्डिङ स्कुलका सञ्चालक नरेश साह रहेको प्रहरी उपरीक्षक धमलाले बताए। 

पक्राउ परेका सबैजना अहिले प्रहरी हिरासतमा छन्। उनीहरुलाई कारवाही गर्ने वा चेतावनी दिएर छाड्ने भन्नेबारे निर्णय आजै गरिने प्रहरी उपरीक्षक धमलाले बताए।

प्रकाशित: Apr 26, 2021| 06:38 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।