शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेलहिया नाका हुँदै फर्केका चार नेपालीमा कोरोना पुष्टि

बेलहिया नाका हुँदै फर्केका चार नेपालीमा कोरोना पुष्टि

भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै फर्केका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार विहान गरिएको ऐन्टीजेन परीक्षणमा चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

बुटवल - भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै फर्केका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार विहान गरिएको ऐन्टीजेन परीक्षणमा चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 

गुल्मीका ३, तनहुँका एक र रुपन्देही सैनामैनाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए। 

यसअघि पनि सोही नाकाबाट फर्किएका चार जनामा कोरोना पुष्टि भइसकेको छ। हालसम्म बेलहिया नाका हुँदै नेपाल फर्के ८ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

सीमामा हेल्थडेस्क स्थापना गरि प्रभावित क्षेत्रबाट आएकाहरूमा नमूना ऐन्टेजेनिक परीक्षण गर्ने गरिएको छ। बेलहिया नाकाबाट दैनिक रुपमा स्वदेश फर्कनेहरूको भीड लागेको छ। 

भारतमा कोरोना महामारीका रुपमा फैलन थालेपछि सीमामा निगरानी बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। उनका अनुसार सीमामा परीक्षण गर्नेदेखि जिल्लामा भीड नियन्त्रण गर्ने प्रयासमा गरिएको छ। 

बेलहिया नाकाबाट बैशाख २ यता ३ हजार २ सय ४७ जना नेपाल भित्रिएका छन्। दैनिक रुपमा ३ देखि ५ सयको हाराहारीमा सीमाबाट नेपाली आइरहेका छन्। भारतबाट फर्केका नेपालीहरू गाउँ-गाउँमा पुग्दा कोरोना संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्

प्रकाशित: Apr 26, 2021| 04:24 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।