शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

धनगढी - बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ।

महेन्द्रनगरबाट जन्ती बोकेर गोकुलेश्वरका लागि छुटेको सु. प्र. ०२००१ ज ३७७ नम्बरको बोलेरो जिप जिल्लाको पाटन नगरपालिका–६, घट्टेघाट खोलामा आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किशोरसिंह अयरीले बताए।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका–३ का ५५ वर्षीय देवलाल जोशीको मृत्यु भएको छ। जिपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 26, 2021| 03:40 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।