शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

विराटनगर - कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको छ। 

४० वर्षीय पुरुषको उपचारका क्रममा राति १०:१५ बजेतिर ज्यान गएको हो। विराटनगर महानगरपालिका-२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको थियो। 

अस्पतालका प्रबन्धक नारायण दाहालकाअनुसार छात्ति दुख्ने र ज्वरो आउने समस्याबाट ग्रसित उनको अवस्था गम्भीर थियो। दाहालले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए। कोरोनाको दोस्रो लहर सुरू भएपछि प्रदेश १ मा ९ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: Apr 26, 2021| 03:35 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।