शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीको विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्धको अविश्वाव प्रस्तावमा छलफल हुने

गण्डकीको विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्धको अविश्वाव प्रस्तावमा छलफल हुने

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्विरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्न गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

पोखरा - गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्विरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्न गण्डकी प्रदेश सभाको विशेषअधिवेशन आज बस्दैछ। प्रदेश सभा सचिव हरिराज पोखरेलकाअनुसार आज दिउँसो २ बजे नदीपुरस्थित प्रदेश सभाहलमा विशेषअधिवेशन बस्ने जानकारी दिए। 

आज प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने एक मात्रै कार्यसूची रहेको पोखरेलले जानकारी दिए। बैठकमा नयाँ मुख्यमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले पहिले बोल्ने तालिका रहेको छ। 

आज र भोलि अविश्वास प्रस्तावमा छलफल हुने र १५ गते मतदान हुने आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भइसकेको छ। 

गण्डकी सरकारविरुद्ध विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेश सभा सचिवालयमा गत वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

उक्त प्रस्ताव आउने निश्चित भएपछि प्रदेश सरकारले बैशाख १ गते राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिदिएको थियो।

अधिवेशन अन्त्य भएपछि विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश सभाको विशेष अधिवेशन बोलाउन निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा प्रदेश प्रमुख शेरचनले आज संसदको विशेष अधिवेशन बोलाएका हुन्।

प्रकाशित: Apr 26, 2021| 03:29 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।