शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमितको उपचारका लागि ४०० बेड छुट्याइने

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जनकपुरधाममा ४०० बेड छुट्याउने तयारी थालिएको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

जनकपुरधाम - कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जनकपुरधाममा ४०० बेड छुट्याउने तयारी थालिएको छ। प्रादेशिक अस्पताल जनकपुरसहित निजी अस्पतालमा गरेर कोरोना संक्रमितहरूको उपचारका लागि बेड छुट्याउने तयारी सुरु गरिएको हो। 

धनुषाको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आयोजनामा प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका सञ्चालक एवम् निजी अस्पतालका सञ्चालकहरूको सम्पन्न बैठकमा कोरोना संक्रमितहरूको उपचारका लागि बेडको संख्या बढाउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। 

जनकपुरधामको प्रादेशिक अस्पतालको नर्सिङ कलेजमा यसअघि सञ्चालनमा रहेको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए। अक्सिजन सिलिन्डरसहित ५२ शय्याको कोरोना विशेष अस्पताल प्रादेशिक अस्पतालले सञ्चालनमा ल्याएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोदकुमार यादवले जानकारी दिए। 

यसैगरी जनकपुरधामको जानकी मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा २०० बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय बैठकबाट भएको छ। यसका लागि कलेज सञ्चालकसमेत सहमत भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए। 

यसैगरी निजी अस्पतालहरूको संगठनले कोरोनाका उपचारका लागि आवश्यक बेड उपलब्ध गराउने विषयमा सहमति जनाएका छन्। जनकपुरधामको काव्या अस्पतालमा  कोरोनाका बिरामीका लागि बेड छुट्याउने प्रतिबद्धता जनाइएको छ। 

सबै निजी अस्पताल तथा नर्सिङ होममा गरेर करिब १०० बेड कोरोनाका बिरामीलाई उपचारका लागि छुट्याउने प्रतिबद्धता निजी अस्पताल एशोसिएसनबाट आएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यवस्थापन समिति अध्यक्ष बास्तोलाले जानकारी दिए। 

यसअघि गत वर्ष सञ्चालनमा रहेको जनकपुरधामको प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा बिरामी आउन बन्द भएपछि अस्पताल नै बन्द गरिएको थियो। 

फेरि कोरोनाका बिरामीहरू बढेपछि कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ।

प्रकाशित: Apr 26, 2021| 03:14 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।