काठमाडौं - मन्त्रिपरिषदको नियमित बैठक बेलुकी ५ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक कोरोना महामारी रोकथाम र नियन्त्रणमा केन्द्रित हुनेछ।
आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ। सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।
त्यही विषयमा केन्द्रीत रहेर बैठकमा छलफल हुनुका साथै कुनै ठोस निर्णय लिइने कृषि तथा पसुपन्छि विकास मन्त्री पद्मा अर्यालले बताइन्। सीमा नाकामा थप कडाइ कसरी गर्नेलगायत विषयमा विभिन्न क्षेत्रबाट आएका सुझावलाई मध्यनजर गर्दै सरकारले आगामी रणनीति तय गर्ने उनले बताइन्।