शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनको विषयमा छलफल गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै

लकडाउनको विषयमा छलफल गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले लकडाउन गर्नेकि अन्य कुनै तरिकाले कडाइ गर्ने भन्ने विषयमा तीने जिल्लाका सीडीओबीच छलफल हुने बताए।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं – काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको संयुक्त बैठक बस्दै छ। काठमाडौं, भक्तपुर तथा ललितपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको हो। 

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले लकडाउन गर्नेकि अन्य कुनै तरिकाले कडाइ गर्ने भन्ने विषयमा तीने जिल्लाका सीडीओबीच छलफल हुने बताए। 'संक्रमण बढ्दो छ। हामी गृहमन्त्रालयसँग रायका आधारमा आगामी कदम अगाडि बढाउने छौं। बैठकमा लकडाउनका विषयमा पनि छलफल हुने छ', उनले भने।

भीडभाड हुने क्षेत्र र यातायातका क्षेत्रमा भने कडाइ गरिने उनले बताए। उनले आजदेखि काठमाडौं प्रशासनले अत्यावसेक बाहेकका काममा रोक लगाइएको बताए।

कोभिड १९ को संक्रमण भयावह हुँदै गएपछि आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ।

प्रकाशित: Apr 26, 2021| 02:29 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।