काठमाडौं - लुम्बिनी प्रदेशस्थित बाँके र बर्दिया जिल्लामा सोमबार मध्यरातिदेखि लकडाउन जारी हुने भएको छ।
दुवै जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै सोमबार मध्यरातिदेखि एक साताका लागि निषेधाज्ञा/लकडाउन जारी हुने जनाएका छन्। कोरोना संक्रमणको दर बढ्दै गएपछि लकडाउनको निर्णय गर्नु परेको उनीहरूले जनाएका छन्।
बाँकेको नेपालगन्ज र कोहलपुरमा यसअघि नै लकडाउन जारी भइसकेको छ। छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमण दर बढ्दै गएपछि बर्दियामा लकडाउन जारी गर्न लागिएको हो।
अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेशसहित जिल्लाका अधिकांश स्थानमा ‘लकडाउन’को गरिने सोही सूचनामा उल्लेख छ।
स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न आग्रह गरिएको छ।
जिल्लमा अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ।

