शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिल्ला प्रशासन काठमाडौंका अत्यावश्यकबाहेक सेवा स्थगित

जिल्ला प्रशासन काठमाडौंका अत्यावश्यकबाहेक सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ। 

कोरोनाको संक्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत संक्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सोमबारदेखि एक हप्ताका लागि सेवा स्थगन गरिएको जनाइएको छ।  

सो अवधिमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक  सिफारिस सेवा भने सञ्चालन हुने प्रशासन कार्यालयले आइतबार सूचना जारी गरी जनाएको छ। 

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ। यसअघि प्रशासन कार्यालयले विभिन्न विषय समेटेर आवश्यक सावधानी अपनाउन सर्वसाधारणसँग अपिल गरिसकेको छ।

प्रकाशित: Apr 26, 2021| 01:06 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।