काठमाडौं- सरकारले देशभरका शिक्षण संस्थामा भौतिक रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने निर्णय गरेको हो।
बैठकले पूर्वनिर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक सचिव खगराज बरालले जानकारी दिएका छन्।
