शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सँगै हिँडौं भन्दा माधव नेपालले अहंकार देखाउनुभयो : ओली

सँगै हिँडौं भन्दा माधव नेपालले अहंकार देखाउनुभयो : ओली

प्रधानमन्त्री ओलीले भने, 'होटलको स्विट रुम मेरो छनोट होइन। मैले निवासमा बोलाएको थिएँ। उहाँ आउनु भन्नुभएन। उहाँले नै होटलमा बसौं भनेपछि विषयवस्तु मैले नै प्रस्तुत गरें, यसरी जाऔं भनेर। तर उहाँले मिल्ने संकेत देखाउनु भएन।'
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले माधवकुमार नेपालसँग मिलेर जान प्रस्ताव गर्दा अहंकार देखाएको दाबी गरेका छन्। ओलीले इमेज टेलिभिजनलाई आइतबार दिएको अन्तर्वार्तामा भनेका छन्, 'मैले उहाँलाई मिलेर जाऔं भनेर अनुनय गरें। उहाँले अहंकार देखाउनुभयो। मिलेर जाने लक्षण देखाउनु भएन।'

केही दिनअघि केपी शर्मा ओली र माधवकुमार नेपालबीच राजधानीको मेरियट होटलमा वान टु वान वार्ता भएको थियो। सोही वार्ताका प्रसंगमा सोधिएको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, 'होटलको स्विट रुम मेरो छनोट होइन। मैले निवासमा बोलाएको थिएँ। उहाँ आउनु भन्नुभएन। उहाँले नै होटलमा बसौं भनेपछि विषयवस्तु मैले नै प्रस्तुत गरें, यसरी जाऔं भनेर। तर उहाँले मिल्ने संकेत देखाउनु भएन।'

नेपालले बीचमै पार्टी अध्यक्ष पद खोजेको पनि ओलीको भनाइ छ। उनले भने, 'मैले अध्यक्ष जितें। उहाँले बीचमै अध्यक्ष मागिरहनुभएको छ।'

पार्टीको सरकार ढालेर अर्को सरकार बनाउन सक्रिय हुन्छन् भने  एमालेलाई सधैंका लागि टाउको दुखाइ सकिने उनको भनाइ छ। यद्यपि माधवुकमार नेपाल समूहले संघीय संसद्‍मा अविश्वासको प्रस्तावमा फ्लोर क्रस गर्ने कुरा सार्वजनिक गरेको छैन। तर कर्णाली प्रदेशमा भने नेपाल समूहका सांसदले फ्लोर क्रस गरेका थिए।

'उहाँहरु प्रतिक्रियावादीको गोटी बनेर संसदीय प्रणाली ध्वस्त पार्न सक्रिय हुनुभयो,' उनको भनाइ छ। अनुशासनहीन, अराजक, अपराधिक क्रियाकलाप गर्दै ह्विप उल्लंघन गरिरहनुभन्दा नेपाल समूहलाई पार्टी छोड्न उनले आग्रह गरे। 

ओलीले नेपाल समूहको एक मात्र उद्देश्य आफूलाई प्रधानमन्त्री पदबाट हटाउने रहेको पनि जिकिर गरे। 'पुष्पकमल दाहालसँग छँदा पनि उहाँले केपी ओलीबाहेक सबैसँग एकता हुन्छ भन्नुभएको थियो। ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु नै उहाँको उद्देश्य हो। त्यसका निमित्ति दाहाल र नेपालले शेरबहादुर देउवाकहाँ जानुभएको हैन?,' उनको प्रश्न थियो। 

ओलीले आफू कार्यकारी प्रमुख भएकाले सबै पक्षलाई मिलाएर लैजाने पक्षमा रहेको पनि बताए। उनले मिलेर जान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेताहरुसँग पनि फोन वार्ता गरिरहेको भनाइ राखे। 

'तीन-चारपटक प्रचण्डलाई फोन गरिसकें, उहाँले फोनको व्यापार पनि गरिसक्नुभयो। मेरो त कार्यकारी प्रमुखको हिसाबले सबैलाई मिलाएर लाने हो,' उनले भने, 'दाहाल अहिले कांग्रेसका नेताहरुबीच पनि खेलिरहनुभएको छ। उहाँलाई देश बनाउने चिन्ता नै छैन।'

उनले पार्टीको अहितमा चल्ने सबैमाथि कारबाही हुने बताए। 'उहाँहरुले पार्टी दर्ता नगरे पनि संगठन त बनाइसक्नु भएको छ। एमाले नाम जोगी, बाबाजी, संन्यासी भनेजस्तो होइन नि। पार्टी त एउटै कार्यदिशाबाट अघि बढ्ने साझा संगठन हो,' एमालेको नेपाल समूहलाई लक्षित गर्दै ओलीले भने।

अबको चुनावमा दुई तिहाइ बहुमतसहित आफू बाजा बजाएर सिंहदरबार छिर्ने दाबी उनको छ। 

प्रकाशित: Apr 25, 2021| 15:25 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।