बुधबार, जेठ २७, २०८३

‘क्यास लेस’ हस्पिटलाइजेसन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
काठमाडौं– ग्राण्डी इन्टरनेश्नल हस्पिटलले विरामीहरुलाई ‘क्यास लेस’ उपचार सेवा प्रदान गर्ने भएको छ । 

ग्राण्डी इन्टरनेश्नल हस्पिटल र आइएमई जनरल इन्स्योरेन्सबीच सोमबार सम्झौता पत्रमा  ‘क्यास लेस’  सम्झौता भएको हो । सम्झौता अनुसार आइएमई जनरल इन्स्योरेन्सका ग्राहकहरूलाई ग्राण्डीमा बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाइजेसन सेवा प्रदान गरिने भएको छ । 

सम्झौता पत्रमा ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्ट डा. चक्रराज पाण्डे र आइएमइ जनरल इन्स्योरेन्स लिमिटेयका नायब महाप्रबन्धक पवन थापाले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्। 

सम्झौतासँगै ग्राण्डीमा सेवारत कर्मचारीहरूलाई पनि कुनै प्रकारको निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स मार्फत सेवा लिन थापाले आव्हान गरे ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्