शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मृग भन्दै हानेको गोलीको छर्रा लागेर साथीको ज्यान गयो

मृग भन्दै हानेको गोलीको छर्रा लागेर साथीको ज्यान गयो

मोरङको केराबारीमा मृग भन्दै भरुवा बन्दुकले हानेको गोलीको छर्रा लागेर साथीको हत्या भएको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

विराटनगर – मोरङको केराबारीमा मृग भन्दै भरुवा बन्दुकले हानेको गोलीको छर्रा लागेर साथीको हत्या भएको छ।

सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्राले लागेर मोरङको केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार सिकार खेल्नलाई सँगै गएका साथीमध्ये ३७ वर्षीय गजेन्द्र राईले मृगलाई भनेर बन्दुक प्रहार गरे पनि त्यसको छर्राले लाग्दा हस्तको घटनास्थलमै ज्यान गएको हो।

हस्त र गजेन्द्रसँग रातको समयमा बाँसघारी राष्ट्रिय वनमा वन्यजन्तुको सिकार खेल्न २६ वर्षीय रुविन लिम्बू पनि गएको खुलेको डीएसपी राईले बताए। बन्दुक पड्किएर बुधबार राति ९ बजेतिर हस्तको घटनास्थलमै मृत्यु भए पनि घटनाका बारेमा प्रहरीले भोलिपल्ट बिहीबार बिहान ९:३० बजेतिर मात्रै जानकारी पाएको थियो।

सिकार गर्ने क्रममा बन्दुक पड्किएर साथीको मृत्यु भएको भन्दै गजेन्द्र र रुविन आफै इलाका प्रहरी कार्यालय केराबारीमा पुगेपछि घटना १२ घण्टापछि मात्रै बाहिर आएको हो।

प्रहरी नियन्त्रणमा रहेका उनीहरूले त्यतिबेला हस्त आफैले बोकेको बन्दुक पड्किएर घटना भएको बताएका थिए। तर, प्रहरीले घटनालाई शङ्कास्पद मानेर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा गजेन्द्रले मृगलाई ताकेर हानेको बन्दुकको छर्राले दायाँ कुममा लागेर हस्तको मृत्यु भएको खुलेको डीएसपी राईले बताए।

प्रहरीले घटनास्थलबाट एक नाल भरुवा बन्दुक पनि बरामद गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रकाशित: Apr 25, 2021| 06:55 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।