आइतबार, असोज ११, २०८३

सुनको मूल्य घट्यो, आजको बजारभाउ कति?

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं - साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४०० रुपैयाँले घटेको हो ।    

योसँगै आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ। 

यस्तै चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित: Apr 25, 2021| 05:53 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्