शुक्रबार, भदौ १२, २०८३

भेरीमा थप एक संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

बाँके- नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पीसीआर परीक्षण गर्दा उनमा कोभिड संक्रमण पुष्टि भएको थियो।

वैशाख ६ गतेदेखि उनलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको थियो। यससँगै कोभिड संक्रमणका कारण बाँके जिल्लामा ज्यान गुमाउने कूल संख्या ७७ पुगेको छ। रासस

प्रकाशित: Apr 24, 2021| 12:21 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।