कागती स्वास्थ्यको लागी एक महत्वपुर्ण फल हो । मानिसलाई दैनिक रुपमा चाहिने भिटामिन सी को ३२ प्रतिशत मात्रा कागतीमा पाइन्छ ।
कागतीमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, म्याग्नेसियम, सोडियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के भिटामिनहरु पाइन्छ ।
क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ कम मात्रामा पाइने भएकोले कागती स्वास्थ्यका लागि अत्यन्तै राम्रो फल हो ।
यसले तौल नियन्त्रण गर्ने, क्यान्सर लाग्न नदिन र पाचनशक्ति बढाउने, कब्जियत, ग्यास्ट्रिक जस्ता समस्याको उपचार हुन्छ ।
क्यान्सरका कोष बढ्न दिँदैन
कागती क्यान्सर रोगीका लागि उपयोगी फल हो । यसले क्यान्सरका कोष बढ्न नदिने चिकित्सकहरुले बताएका छन् । एन्टीअक्सिडेन्टका फोटोकेमिकल्सहरु जस्तै फ्लोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइड जस्ता तत्वहरु कागतीमा पाइन्छ । जसले मद्दतले क्यान्सरसँग लड्ने क्षमताको विकास गर्छ । यसले स्तन, पेट, फौक्सो, म्रिगौला, ब्लड क्यान्सरका कोष दिँदैन ।
उच्च रक्तचापका बिरामीलाई उपयोगी
कागतीमा पोटासियमको मात्रा बढि हुन्छ । जसले उच्च रक्तचाप, रिंगटा लाग्ने, वाकवका लाग्ने जस्ता समस्याबाट मुक्त गर्छ । यसका साथै कागतीको जुसले उदासीपन र तनाव हटाएर स्फूर्ति जगाउन पनि सहयोग गर्छ ।
रुघा र ज्वरो नियन्त्रण
कागतीमा पाइने भिटामिन सीका कारण रुघा र ज्वरोका साथै मलेरिया र हैजा जस्ता रोगबाट बताउँछ । त्यस्तै मधुमेह, बाथ रोग, आँखाको समस्या, झाडापखाला रोकथाम्, दाँतको समस्याका लागि उपयोगि छ ।
तौल नियन्त्रण गर्न उपयोगी
कागतीमा पाइने साइट्रिक एसिडले शरीरको मोटोपन हटाउन मद्दत गदर्छ । मोटोपनको समस्यामा रहेका जोकोहीले तातो पानीमा एउटा कागतीको रस हालेर नियमित पिउने गर्नाले शरीरलाई सन्तुलनमा राख्छ ।
छालाको चमक बढाउने फल
कागती सुन्दरताका लागि पनि प्रयोग हुन्छ । यसमा पाइने एक एसिडले छालाको मृत कोष हटाई चाउरी पर्नबाट रोक्नुका साथै दाग बस्न दिँदैन । यसको प्रयोगले डण्डीफोरको समस्याबाट पनि जोगाउँछ ।
यो उपयोगितासँगै बढी मात्रामा कागतीको प्रयोग भएमा स्वास्थ्यमा प्रतिकुल प्रभाव पनि पर्दछ । धेरै कागती प्रयोग गरेमा गिजाको समस्या बढ्नुका साथै दाँतको इनामेलमा समस्या आउँछ । त्यस्तै क्यान्सरको घाउलाई बढी दुखाउने, छिटो पिसाब लाग्ने जस्ता समस्या आउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४