काठमाडौं– भूकम्पपछि पुनर्निर्माण गर्नुपर्ने स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण ५८ प्रतिशतमात्रै सम्पन्न भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म ६९८ वटा स्वास्थ्य संस्थामात्रै पुनर्निर्माण भएका छन्। कुल १ हजार १९७ स्वास्थ्य संस्था पुनर्निर्माण गर्नेगरी भूकम्पबाट प्रभावित बनेका थिए।
प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलनमा गराएको जानकारीअनुसार २९६ स्वास्थ्य संस्था पुनर्निर्माण भइरहेका छन्। भूकम्प प्रभावित कुल स्वास्थ्य संस्थामध्ये पुनर्निर्माण भइरहेका स्वास्थ्य संस्थाको संख्या २४.७ प्रतिशत रहेको प्राधिकरणले जानकारी दिएको छ।