शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि हेटौंडामा कार्यालय 

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि हेटौंडामा कार्यालय 

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त एक पदका लागि हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय हेटौंडा तोकिएको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त एक पदका लागि हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय हेटौंडा तोकिएको छ।

मतदान आगामी जेठ ६ गते बिहान ९ देखि ३ बजेसम्मका हुनेसहितको कार्यतालिका निर्वाचन आयोगले शुक्रबार स्वीकृत गरेको हो।

आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनलाई सुव्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनपूर्व, निर्वाचनका समयमा र निर्वाचनपछि गर्नुपर्ने क्रियाकलाप समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ।

आयोगको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय भएको छ।’

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना (एकजना जगेडा समेत) जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेका विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: Apr 23, 2021| 11:17 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।