शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमितको दर बढ्दै, आज २ हजार ५५९ जना थप

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ हजार ५५९ जना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं- कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ हजार ५५९ जना संक्रमित थपिएका छन्।

९ हजार ६६४ जनाको कोरोना परीक्षण गरिएकोमा ठूलो संख्यामा संक्रमितहरु थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७९८ जनाको पीसीआर र ८६६ जनाको एन्टिजेन परीक्षण गरिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांकअनुसार नेपाल हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ। जसमध्ये २ लाख ७६ हजार ७५५ जना संक्रमणमुक्त भइसकेका छन्।

पछिल्लो २४ घण्टामा जम्मा ४१० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको तथ्यांकअनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको छ।

कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३ हजार १२२ छ।

प्रकाशित: Apr 23, 2021| 11:10 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।