शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीका कोरोना विशेष अस्पताल भरिए, संक्रमित थपिँदै

लुम्बिनीका कोरोना विशेष अस्पताल भरिए, संक्रमित थपिँदै

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुटवल स्थित धागो कारखानामा सञ्चालित बुटवल कोरोना विशेष अस्पतालमा रहेका १३ वटा आईसियू बेड कुनै खाली छैनन्।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

बुटवल– लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालहरु सबै संक्रमितले भरिएका छन्। पछिल्लो एक सातामा कोरोना संक्रमण ह्वात्तै वृद्धि भएपछि यहाँका चार वटा कोरोना विशेष अस्पतालसहित निजी अस्पतालका बेड पनि भरिएका हुन्। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुटवल स्थित धागो कारखानामा सञ्चालित बुटवल कोरोना विशेष अस्पतालमा रहेका १३ वटा आईसियू बेड कुनै खाली छैनन्। यसैगरी भिम अस्पताल, भेरी अस्पताल र  दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा पनि कोरोना संक्रमित बिरामी भरिएका छन्।  

स्वास्थ्य निर्देशनालयका अनुसार बुुटवल कोरोना अस्पतालमा आईसियूमा ११ र भेन्टिलेटरमा २ जना बिरामी उपचारमा छन्। यसैगरी भीम अस्पताल भैरहवामा नर्मलमा १८ र आईसियूूमा ५ जना उपचारमा छन्। यहाँ बेड अभाव भएपछि भर्याङमुनि राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ। 

भेरी अस्पतालमा ३० जनालाई आईसियूमा र ६ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बताए। यसैगरी दाङ स्थित बेलझुन्डीमा ३७ जना बिरामी आईसियूूमा छन्।

प्रवक्ता चौधरीका अनुसार कोरोना संक्रमण विशेष गरी रुपन्देही र बाँकेमा अत्यधिक भेटिएको छ। भारतबाट नेपालीहरु घर फर्किने क्रम बढेकाले उनीहरु गाउँ गाउँ पुुगेपछि कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ। 

प्रदेशका मुख्य ठूला सहरमा रहेका निजी अस्पतालसमेत कोरोनाका बिरामीले भरिएका छन्। नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १८ जना आईसियूमा छन्। यसैगरी युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स भैरहवामा ७ जना आईसियू र भेन्टिलेटरमा उपचारत छन्। लुम्बिनीमा बिहीबारसम्मको तथ्यांकअनुसार ३ हजार २ सय ३ जना उपचारत नयाँ संक्रमित छन्।

सबैभन्दा धेरै बाँकेमा १ हजार ६ सय ५९ जना सक्रिय संक्रमित छन्। त्यसपछि रुपन्देहीमा ७ सय ३० जना छन्। दाङमा ३ सय ७, बर्दियामा १ सय ८९, कपिलवस्तुमा ७३, पाल्पामा १२९, नवलपरासी पश्चिममा ३८,  गुल्मीमा ३३, अर्घाखाँचीमा २२, प्यूठानमा १७, रोल्पामा ३ र रुकुममा ३ जना संक्रमित छन्। 

झन्डै ३ महिनासम्म निकै थोरै संख्यामा मात्रै कोरोना संक्रमण देखिएको थियो। तर, वैशाख शुरु भएयता कोरोनाको संक्रमण दर निकै डरलाग्दो गरि वृद्धि भएको लुम्बिनी प्रादेशिक अस्पताल बुुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। उनका अनुसार परीक्षण गरिएकामध्ये ७० देखि ८० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।

‘पहिला ५ सयको स्याम्पलमा सयमा मात्रै देखिन्थ्यो, अहिले सय जनाको टेस्टमा ७० जनासम्ममा देखिएको छ,’ उनले भने। अहिले सबै उमेर समूहमा कोरोना देखिएको छ  भने आजसम्म राम्रो स्वास्थ्य अवस्था देखिए पनि एक्कासी त्यसको असर बढेर आईसियूूमा राख्नुुपरेको डा. गौतमले बताए। उनले यहि दरमा वृद्धि भए स्थिति नियन्त्रण वाहिर जान सक्ने बताए। 

कोरोनाको ग्राफ उकालोतर्फ  

लुम्बिनी प्रदेश कोरोनाको हटस्पटका रुपमा परिणत भएको छ। गत वर्ष मंसिरदेखि क्रमशः ओरालो लागेको संक्रमणको दर चैतसम्म आइपुग्दा न्यूनमा झरेको थियो। तर, चैत २४ गतेदेखि भने कोरोना संक्रमणको दर फेरि उकालो लागेको छ। 

२४ चैतमा लुम्बिनी प्रदेशका १२ जिल्लामा १५ जनामा मात्रै कोरोना संक्रमण देखा परेको थियो। त्यसयता उकालो लागेको कोरोनाको संक्रमण दर अप्रत्याशित रुपमा वृद्धि भएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमणको ग्राफ १२ वटै जिल्लामा उकालो लागेको देखिएको छ। ३१ चैतसम्म आइपुग्दा १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। प्रदेश स्वास्थ्य निर्देशनालयले विश्लेषण गरेको तथ्यांकका आधारमा कोरोना संक्रमणको ग्राफ वैशाख ५ सम्म आइपुग्दा २ सय ६१ मा पुगेको छ।

जबकी ६ गते भने झन्डै दोब्बर ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विहिबारसम्म आइपुग्दा यो संख्या उकालो लागेर ८ सय ९३ मा पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले बताए। विहिबार मात्रै ५ जनाको मृत्यु भएको छ। अहिलेसम्म लुम्बिनी प्रदेशमा कोरोनाबाट ४४७ जनाको मृत्यु भएको छ भने ३१ हजार ८४ जना संक्रमित भएका छन्। 

प्रकाशित: Apr 23, 2021| 10:52 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।