काठमाडौं– नेकपा (एमाले) पार्टी केन्द्रीय विभागहरुको जिम्मेवारी हेरफेर गरेको छ।
आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले जिम्मेवारी हेरफेर गरेको हो।
बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ। प्रदीप ज्ञवाली प्रचार विभाग प्रमुख भएका छन् भने स्कुल विभागको अध्यक्षमा अध्यक्ष केपी ओली आफैं छन्।
विदेश विभागको जिम्मेवारी राजन भट्टराईलाई दिइएको छ। विद्यार्थी विभागमा खिमलाल भट्टराई, युवामा महेश बस्नेत र महिला विभागमा गोमा देवकोटा प्रमुख भएका छन्।
यस्तो छ कार्यविभाजन