काठमाडौं– नेकपा (एमाले) केन्द्रीय कार्यालय सचिवमा शेरबहादुर तामाङ नियुक्त भएका छन्।
आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई
उक्त जिम्मेवारी दिएको हो। यसअघि कार्यालय सचिव रहेका ईश्वरी रिजाललाई स्कुल विभाग सचिवको जिम्मेवारी दिइएको छ।
एमाले दुई गुटमा विभाजित भएपछि माधवकुमार नेपालतिर लागेका तामाङ फेरि केपी ओलीतिरै फर्किएका थिए।