शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले भने- हामीतिर लाग्दा माओवादीले निष्काशन गरेका नेतालाई फेरि जिताउँछौँ

ओलीले भने- हामीतिर लाग्दा माओवादीले निष्काशन गरेका नेतालाई फेरि जिताउँछौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेतिर लाग्दा माओवादीबाट निकालिएका नेताहरुलाई पुनः जिताएर सांसद बनाइने बताएका छन्।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेतिर लाग्दा माओवादीबाट निकालिएका नेताहरुलाई पुनः जिताएर सांसद बनाइने बताएका छन्। उनले आगामी जेठमा हुने राष्ट्रियसभाको उप निर्वाचन र त्यसपछि ६ महिनाभित्र हुने प्रतिनिधिसभाको उपनिर्वाचनबाट तिनै नेताहरुलाई एमालेको टिकटमा जिताएर ल्याइने बताए।

बालुवाटारमा बसेको ओलीपक्षीय निर्वाचन आयोजक कमिटीको बैठकमा उनले भने, ‘हाम्रो पार्टीतिर लागेका कारणले माओवादीले कारबाहीको नाँउमा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ।’
साथै ओलीले आफूहरुले एमालेबाट निस्काशन गरेका नेताहरुले भने दोहोर्‍याएर चुनाव नजित्ने ठोकुवा गरेका छन्।
ओलीले अगाडि भने, ‘जेष्ठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापा नै हाम्रो उम्मेदवार हो।’

ओलीले थपे, ‘आउने उप निर्वाचनहरुमा पनि हाम्रालाई कारबाही गरिएका हकमा उहाँहरुनै उम्मेदवार हो। हामीले कारबाही गरेको ठाँउमा प्रदेश कमिटीको इन्चार्ज सहइन्चार्ज अध्यक्ष सचिव भएर होमवर्क गर्नुस् जनता पुन एमालेको पक्षमा छ भन्ने सन्देश दिनुछ।’

ओलीले पूर्व माओवादीका नेताहरु पुष्पकमल दाहालको डर, धम्की तथा मुद्दा सामना गरेर आफ्नो सांसद पद त्यागेर लागेको भन्दै यसैको बदलामा उनीहरुलाई जिताइने बताए।

उनले भने, ‘जुन ढंगले साथीहरु लाग्नु भयो। उहाँहरुलाई पुन चुनाव गराएर जिताइनेछ र एमालेमा लागेपछि जसरी नि संरक्षण हुन्छ। केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय हुदैन।’ ओलीले पार्टी ध्वंश बनाउने, पार्टी कार्यालय कब्जा गर्ने चरणको सामना गरेर आएको भन्दै अब आफूहरुको भागमा जित मात्रै रहेको बताए।

उनले भने, ‘हामी पार्टी ध्वंश बनाउने, पार्टी कार्यालय कब्जा गर्ने चरणको सामना गरेर आएका छौँ। अब हाम्रो भागमा जित मात्र छ।’

उनले ७४ सालमा ४४ लाख पपुलर मत पाएको भन्दै अब ५० लाख ल्याउने दृढता व्यक्त गरे।

प्रकाशित: Apr 23, 2021| 09:44 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।