काठमाडौं– सत्तारुढ दल नेकपा (एमाले) ले स्थायी कमिटी पुनर्गठन गरेसँगै स्पष्टीकरण सोधिएका र पेस गरेका सांसदहरूलाई कस्तो कारवाही गर्ने भन्ने जिम्मा दिएको छ।
आज शुक्रबार बसेको एमाले दशौं महाधिवेशन आयोजक समितिको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो।
आजको बैठकमा अध्यक्ष केपी ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई पार्टीमा स्थान दिने बताएका थिए। तर, निहुँ खोजेर उद्ण्डता देखाउने र पार्टी नै समाप्त गर्न लाग्छु भन्नेलाई कारवाही गरिने उनले स्पष्ट पारेका छन्।
एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना नेतालाई स्पष्टीकरण सोधेकोमा २२ जनाले स्पष्टीकरण दिएका छन्। योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपकप्रकाश भट्टले स्पष्टीकरण दिएका छैनन्।