आइतबार, असोज ११, २०८३

लक्ष्मी बैंकको १२९औँ शाखा सिन्धुलीको रामटारमा

 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२९औँ शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा संचालनमा ल्याएकोे छ।

यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२९ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५८ एटीएम, २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।

प्रकाशित: Apr 23, 2021| 09:00 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्