काठमाडौं– सनराइज बैंकले ललितपुरको महाङ्काल गाउँपालिका वडा नम्बर–६, ठूलादुर्लुङ र सप्तरीको खड्क नगरपालिका वडा नम्बर–११, बनौलीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। सो दुुुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको बैंकले जनाएको छ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत ग्राहकहरुले एटीएम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन्। कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७६ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत आफ्ना सात लाखभन्दा बढीलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।