आइतबार, असोज ११, २०८३

नर्भिक बन्यो नेपाल सुपरलिगको मेडिकल पार्टनर

 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– वैशाख ११ गतेदेखि आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’ को अफिसियल मेडिकल पार्टनरको रूपमा नर्भिक इन्टरनेशनल हस्पिटल अनुबन्धित भएको छ। नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच आज अनुबन्धको सम्झौतामा हस्ताक्षर भएको हो। 

लिग अवधिभर रंगशालामा उपस्थित खेलाडी तथा आयोजकका सदस्यमा देखा पर्नसक्ने कुनै आपतकालीन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट तीन जना मेडिकल अफिसरसहितको टिम तयारी अवस्थामा रहनेछ। नर्भिकले यो अवधिमा खेलाडी तथा आयोजकमध्ये कुनै सदस्यको पीसीआर टेस्ट गर्नु परे विशेष छुट दिनेछ। 

त्यस्तै खेलाडीमा कोभिड संक्रमण देखिए तिनीहरूको उपचार गराउने क्रममा लाग्ने बेड चार्जमा २० प्रतिशत छुटको सुविधा समेत उपलब्ध गराउनेछ। कुनै खेलाडीलाई उपचारका लागि अस्पताल लैजानुपरे एक्स रे र एमआरई सेवामा नर्भिकले ५ प्रतिशत छुट दिने समेत सम्झौतामा उल्लेख छ। 

प्रकाशित: Apr 23, 2021| 08:57 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्