आइतबार, असोज ११, २०८३

आइएमई पे को नयाँ वर्ष अफर

 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवर्द्धित ‘आईएमई पे’ले नयाँ एप प्रयोगकर्तालाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत सयमा सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

यो स्किममा सहभागी बन्न आईएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ। प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाईसी) फारम भरी कुनै न कुनै माध्यबाट आईएमई पे वालेटमा १०० रुपैयाँ जम्मा गर्नुपर्नेछ। त्यसमा १०० नै बोनस रकम तत्काल प्राप्त गर्ने कम्पनीले जनाएको छ।

‘आईएमई पे’मा मौज्दात हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तै, पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसीबसी मोबाइलबाटै गर्न सकिनेछ। यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यानमार्फत भुक्तान पनि गर्न सकिन्छ। यी सवै सेवाका लागि ‘आईएमई पे’ डाउनलोड गर्न अनिवार्य हुन्छ।

यो योजना यही वैशाख ८ देखि जेठ ७ गतेसम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Apr 23, 2021| 08:56 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्