आइतबार, असोज ११, २०८३

ई–कमर्समा आइएमई समूहको प्रवेश

 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– आईएमई समूह इ–कमर्समा प्रवेश गरेको छ। समूहले सस्तोडिल डटकममा लगानी गर्ने सम्झौता गरेको छ। आईएमई समूहका सह—संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले सस्तोडिलको विशेष समूह, ब्रान्ड, कम्पनीको ऐतिहासिक व्यवसायिक प्रदर्शन, समग्र इ कमर्स उद्योगको वृद्धि र भविष्यको सम्भाव्यताको मध्यनजर गरि लगानी गर्ने निर्णय गरेको बताए।

सस्तोडिलका संस्थापक अमुन थापाले आईएमई समूहसंग सहकार्य गर्न उत्साहित रहेको भन्दै कम्पनी र इ कमर्स उद्योगको बृद्धिका योजनाहरू सँगै कार्यान्वयन गर्ने बताए। “हामीसँग एक अर्काको पूर्वाधार, टेक्नोलोजी र पोर्टफोलियोको लाभ उठाउने योजना छ जसले हाम्रा लाखौं ग्राहकहरू र हजारौँ व्यवसायहरूमा नेपाललाई उत्कृष्ट सेवाहरू प्रदान गर्नेछ,” उनले भने।

सस्तोडिल गतवर्ष वालमार्टको स्वामित्वको फ्लिपकार्टको साथ रणनीतिक साझेदारीमा प्रवेश गरेको थियो। यस कम्पनीलाई डोल्मा इम्प्याक्ट फन्ड र आईसीटीसी जस्ता लगानीकर्ताहरूले पनि समर्थन गरेको जनाइएको छ। 

प्रकाशित: Apr 23, 2021| 08:54 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्