आइतबार, असोज ११, २०८३

कोका–कोलाको १७५ एमएल प्याक बजारमा

 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ। यसको मूल्य २५ रुपैयाँ राखिएको छ।

नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ। बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काएको कम्पनीले जनाएको छ।
कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबै भन्दा सानो बोतल रहेको कम्पनीले जनाएको छ।

नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: Apr 23, 2021| 08:53 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्