काठमाडौँ– हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी) को दिगो परिवर्तनलाई गति दिन एक रणनीतिक साझेदारीको घोषणा गरेका छन्।
यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको जनाइएको छ।
भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुवै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्ने र हिरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतय सवारी साधन विकासमा सहकार्य गर्नेछन्।
भारतमा २२ करोड ५० लाखभन्दा बढी ग्यासद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दीगो विद्युतीय यातायात र नवीकरणीय ईन्धनको आवश्यकता रहेको गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकेले बताए।