आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रु रु जलविद्युतको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल 

रु रु जलविद्युतको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल 

 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– हालै मात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ। गत आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबिच शेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएको छ।

रु रु जलविद्युत परियोजनाका तर्फ बाट कम्पनीका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

रु रु जलविद्युत परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको कम्पनी हो । यस परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।

रु रु जलविद्युत परियोजना लिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७  पुगेको छ।


 

प्रकाशित: Apr 23, 2021| 08:43 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्