काठमाडौं– सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन्।
बैंक सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरी वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।
सिभिल बैंकमा २०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले २०७४ वैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र २०७४ साउन ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका थिए।
उनको कार्यकालम यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स बैंकमा मर्ज भएका थिए।