शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसद निष्कासित

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसद निष्कासित

सत्तारुढ एमालेले कर्णाली प्रदेशमा पार्टीको निर्देशन (ह्विप) उल्लंघन गरेर फ्लोर क्रस गर्ने चार जनालाई पार्टी सदस्यता र सांसदसमेतबाट निष्कासन गरेको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं–  सत्तारुढ एमालेले कर्णाली प्रदेशमा पार्टीको निर्देशन (ह्विप) उल्लंघन गरेर फ्लोर क्रस गर्ने चार जनालाई पार्टी सदस्यता र सांसदसमेतबाट निष्कासन गरेको छ। 

एमालेको दसौं महाधिवेशनको जारी बैठकले शुक्रबार उनीहरुलाई निष्कासन गरेको हो। निष्कासित हुनेमा सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्बरबहादुर थापा छन्। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी ४ जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध मत दिएका थिए ।

प्रकाश ज्वाला केन्द्रीय कमिटीमा छन् भने अन्य चार जना प्रदेश कमिटीमा छन्। देवी ओलीले भुलबस फ्लोर क्रस गरेको स्पष्टीकरण गरेपछि उनलाई कारबाही नगरिएको हो।

बैठकमा सहभागी एक नेताले भने, ‘देवी ओलीका बारेमा थप स्पष्टीकरण सोध्ने र बाँकी सबैलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरियो।’ बैठकले निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने निर्णय पनि गरेको छ।

बैठकमा कर्ण थापा, गोरख बोगटी लगायतले देवी ओलीमाथि कारबाही गर्न माग गरेका थिए।

प्रकाशित: Apr 23, 2021| 08:24 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।