शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले स्थायी कमिटी पुनर्गठन गरेपछि एक मिनेट खित्का छोडेर हाँसे झलनाथ

ओलीले स्थायी कमिटी पुनर्गठन गरेपछि एक मिनेट खित्का छोडेर हाँसे झलनाथ

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई भारदारीकरण गरेको र दलाल पुँजीपतिहरुको क्रिडास्थल बनाएको आरोप लगाएका छन्।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई भारदारीकरण गरेको र दलाल पुँजीपतिहरुको क्रिडास्थल बनाएको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले आज स्थायी कमिटी पुनर्गठन गरेपछि नेपाल समयलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले वार्ताको नौटंकी गर्दै ओलीले एकपछि अर्को निरंकुश निर्णय गरिरहेको बताए। स्थायी कमिटी पुनर्गठन त्यसै अन्तर्गतको एउटा कदम भएको उनको भनाइ थियो।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बुधबार र बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसँग एक्लै वार्ता गरेका थिए। 

अध्यक्ष ओलीले आफ्नो पक्षका कसैलाई नसमेटी स्थायी कमिटी पुनर्गठन गरेको समाचार सुनेर आफू एक मिनेट खित्का छाडेर हाँसेको उनले सुनाए।  

आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले केही सदस्य पछि थप्ने गरी स्थायी कमिटी पुनर्गठन गरेको हो। 

पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्ष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, किरण गुरुङ, मणि थापा र पुष्पराज कँडेल छन्।

माओवादी केन्द्र परित्याग गरेर आएका रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखराज भट्टलगायत स्थायी कमिटीमा आएका छन्।

पुनर्गठित स्थायी कमिटीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भने कोही पनि समेटिएका छैनन्। 

एमालेका झलनाथ खनाल, माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने स्थायी कमिटी सदस्य थिए। उनीहरू कसैलाई पनि पुनर्गठित कमिटीमा समेटिएको छैन ।
 

प्रकाशित: Apr 23, 2021| 08:17 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।