शुक्रबार, भदौ १२, २०८३

पार्टी खोस्‍न कोही आएको हो भने त्यो सम्भव छैन : ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपालको स्वार्थ र महत्त्वकांक्षाका कारण पार्टी विभाजित भएको आरोप लगाएका छन्। 
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं - प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपालको स्वार्थ र महत्त्वकांक्षाका कारण पार्टी विभाजित भएको आरोप लगाएका छन्। 

‘विभाजित नभएको भए पनि यति धेरै शत्रुतापूर्ण सम्बन्ध बनाइसक्नु भएको थियो,’ एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा उनले भने, ‘मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गर्ने, पार्टीकै नेताहरूविरुद्ध विषवमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने, समाप्त पार्ने हिसाबले लागे।’

अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेको उनको भनाइ छ। ‘माधव नेपाल, योगेश भट्टराईलगायतका नेताहरूसँग भेटघाट भयो। तर, साथीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति देखिँदैन,’ उनले भने, ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन।’

उनले आफू कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन रातोदिन खटेको बताए। अब कम्युनिष्ट पार्टी नयाँ उचाइ, सान र गौरवका साथ अगाडि बढ्ने भन्दै उनले भने, ‘यसको नेतृत्व एमालेले गर्नेछ।’

आजबाट एमालेको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ। बैठकका एजेन्डा स्थायी कमिटीको गठन, अनुशासनको कारबाही,  कार्य विभाजन र समसायिक प्रस्ताव रहेका छन्। 

प्रकाशित: Apr 23, 2021| 07:27 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।