शुक्रबार, भदौ १२, २०८३

रहेनन् सुरका श्रवण, कोरोनाले टुटायो सांगीतिक जोडी

नदीम–श्रवणको जोडी त्यतिबेला बलिउडमा खुब हिट भयो, जतिबेला उनीहरुले ‘आशिकी’ फिल्ममा संगीत दिए।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

बलिउडका चर्चित संगीतकार श्रवण राठोरको बिहीबार साँझ निधन भएको छ। उनको निधनसँगै बलिउडमा ख्याति कमाएको नदीम–श्रवण जोडीको सांगीतिक यात्राले पनि विश्राम लिएको छ। 

मधुमेहका बिरामी श्रवणलाई दुई दिनअघि कोरोना संक्रमण भएको थियाे। उनी ६६ वर्षका थिए। 

रहेजा हस्पिटलकी डा. कीर्ति भूषणले दैनिक भाष्करलाई दिएको जानकारीअनुसार श्रवणको निधन बिहीबार राति साढे ९ बजे भएको थियो। ‘उहाँको जीवन बचाउन हामीले हाम्रो तर्फबाट पूरै कोसिस गरेका थियौँ तर सकेनौँ,’ उनले भनेकी छन्, ‘कोरोना संक्रमणका कारण उहाँलाई कार्डियोमायोप्याथी भयो जसका कारण उनलाई पल्मोनरी एडिमा भयो र शरीरका थुप्रै अंग फेल भए।’

श्रवणले नदीमसँग सहकार्य गरेर थुप्रै फिल्ममा संगीत दिएका थिए। १९९० को दशकमा उनीहरुको जोडी निकै चर्चित थियो। यो जोडीले पहिलोपल्ट सन् १९७७ मा भोजपुरी फिल्म ‘दंगल’मा म्युजिक दिएको थियो, जहाँ उनीहरुले कम्पोज गरेको गीत ‘काशी हिले पटना हिले’ खुब हिट भएको थियो। त्यसपछि दुवैले पहिलोपल्ट बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिएका थिए।

नदीम–श्रवणको जोडी त्यतिबेला बलिउडमा खुब हिट भयो, जतिबेला उनीहरुले ‘आशिकी’ फिल्ममा संगीत दिए। त्यतिबेला यस एल्बमको करिब २ करोड कपी बिक्री भएको बताइन्छ। पछि दुवै मिलेर ‘साजन’, ‘दिल है कि मानता नही’, ‘सडक’, ‘सैनिक’, ‘दिलवाले’, ‘राजा हिन्दूस्तानी’, ‘फूल और काँटे’, ‘परदेश’ आदि फिल्ममा संगीत दिए।

यी सबै फिल्मका गीत निकै लोकप्रिय भए। २००० को दशकमा यो जोडीले  ‘ये दिल आशिकाना’, ‘राज’, ‘कयामत’, ‘दिल है तुम्हारा’, ‘बेवफा’, ‘बरसात’ आदि फिल्ममा संगीत दिए। नदीम बेलायतमा बस्न थालेपछि पनि श्रवणले लामो समयसम्म यो जोडीको नाम दिएर नै बलिउडमा संगीत बनाए। 

अनि टाढिए नदीम–श्रवण

नदीम (बायाँ) र श्रवण

गुलशन कुमारको हत्या अभियोगमा श्रवणको नाम मुछियो। त्यसपछि श्रवणका सहयोगी नदीम पनि बेलायत भाग्नुपर्यो। प्रमाण नभएका कारण उनीमाथि लगाइएको मुद्दा त रद्द भयो तर उनको पक्राउ पुर्जी फिर्ता भएन।

यसरी नदीम–श्रवणको जोडी टुट्यो। सन् २००५ मा ‘दोस्तीः फ्रेन्ड्स फरेभर’ फिल्ममा संगीत दिएपछि उनीहरुले कहिल्यै पनि एकसाथ संगीत दिएनन्। श्रवणको निधनसँगै त्यो सम्भावना पनि सधैंका लागि अन्त्य भएको छ।

प्रकाशित: Apr 23, 2021| 07:25 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।