शुक्रबार, भदौ १२, २०८३

एकीकरणपछि पुनर्निर्माण गरिए स्वयम्भूका १७ घर

स्वयम्भू स्तूप परिसरका १७ वटा घर एकीकरण गरेर पुनर्निर्माण गरिएका छन्।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं - स्वयम्भू स्तूप परिसरका १७ वटा घर एकीकरण गरेर पुनर्निर्माण गरिएका छन्। २०७२ सालको भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका ती घर पुनर्निमाण पछि सोमबार घरधनीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। 

पुननिर्माणबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वयम्भू पुनर्निर्माण समिति एवम् वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले यो हाउस पुलिङबाट महानगरले बनाएको पहिलो आयोजना भएको बताए। 

‘स्वयम्भूका पुजारीका रूपमा सदियौँदेखि बस्दै आएका बुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) को पुनर्निर्माण २ वर्षमा सकिएको छ,’ उनले भने, ‘घरहरूलाई एकीकरण गरेर (हाउस पुलिङ प्रणालीबाट) सञ्चालन गरिएको काठमाडाैं महानगरको यो पहिलो योजना हो। पुरातत्त्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ।’

डंगोलका अनुसार यी घरहरूको किनबेच हुँदैन। केवल पुस्ताहरूमा हक हस्तान्तरण मात्र हुन्छ। यी १७ घरलाई एकीकरण गरेर महानगरले एउटै भवनको नक्सा स्वीकृत गरेको थियो। 

यी संरचनाको पुनर्निर्माण गर्न डंगोलको अध्यक्षतामा ‘स्वयम्भू पुनर्निर्माण समिति’ गठन गरेको थियो। यही समितिले पुनर्निर्माणको काम सम्पन्न गरेको हो।   

वडा १५ का सदस्य आनन्द गौतमका अनुसार पुनर्निर्माणका लागि करिब १७ करोड लागत अनुमान गरिएको थियो, जसमध्ये १३ करोड ५२ लाख रूपैयाँमा पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेको हो।

यो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले बेहाेरेका हुन्। यसका लागि वडा र कर्मराज महाविहारबीच सम्झौता गरिएको थियो। पुनर्निर्माणको काम २०७५ पुस ३० गते थालनी गरिएको थियो।

प्रकाशित: Apr 23, 2021| 06:55 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।