शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर पुगेर नेपालले भने- ओलीले वार्ताका नाममा हुर्मत लिन खाेजे

जनकपुर पुगेर नेपालले भने- ओलीले वार्ताका नाममा हुर्मत लिन खाेजे

‘दोस्रोपटकको वार्ता बस्नुअघि प्रवचन सुनियो, यिनीहरूलाई तह लगाइदिन्छु भन्नु भएछ, उहाँको सोच मेरो हुर्मत लिने रहेछ।’
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं - एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा नभएको बताएका छन्। जनकपुर पुगेका नेपालले पहिलो वार्तामा आशा जागे पनि दोस्रो बैठकमा भने ओलीको उस्तै प्रवृत्ति देखिएकाले वार्ता सकारात्मक नभएको बताएका हुन्। 

‘पहिलो वार्तामा उहाँ (ओली)लाई अध्यक्ष, प्रधानमन्त्री पनि नछोड्नुस् तर, पार्टी सिस्टममा चलाउनुस् भनेर भनेको थिएँ,’ उनले भने, ‘बहुमत पुर्‍याएर माधव नेपालले निकालिहाल्छ कि भनेर डराउनुपर्दैन, उहाँले केही उपाय छ त भन्दा मैले उपाय खोज्नु भनेर भनेको थिएँ।’ 

ओलीले आफ्नो हुर्मत लिन खोजेको आरोप पनि नेपालले लगाए। ‘दोस्रोपटकको वार्ता बस्नुअघि प्रवचन सुनियो, यिनीहरूलाई तह लगाइदिन्छु भन्नु भएछ, उहाँको सोच मेरो हुर्मत लिने रहेछ,’ उनले हाँस्दै भने, ‘केपी ओलीले मेरो हुर्मत लिन खोज्ने ?’

जेठ २ मा फर्किएर एकताबद्ध भएर जाऔंभन्दा ओलीले आफ्नो दम्भ र अहंकार नछोडेको नेपाल बताउँछन्। 

‘मैले पहिल्यै भनेको थिएँ, बालुवा पेलेर तेल निस्कनेवाला छैन,’ उनले भने, ‘केपी ओली एकताको पक्षमा हुनुहुन्न, खाए खा नखाए घिच्, माने मान नभए बाटो खुला छ जा भन्ने जस्तो दम्भ रहेछ।’

उनले आफू एक्लै प्रधानमन्त्री ओलीसँग वार्तामा बस्न नचाहेको विषय पनि खुलाए। ‘कुरा एउटा होला, प्रचार अर्को भइदेला भनेर वार्तामा एक्लै बस्न नचाहेको हो,’ उनले भने, ‘माधव नेपालले टाइम मागेर रोइरहेको थियो, पदको निम्ति भिक्षा र याचना गर्दै थियो भनेपछि के भन्नु मैले।’

आफू निकटका स्थायी कमिटी सदस्यहरूले भनेपछि एक्लै वार्तामा बस्न राजी भएको पनि उनले बताए। 

प्रकाशित: Apr 23, 2021| 06:32 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।