शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, के छन् एजेन्डा?

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, के छन् एजेन्डा?

नेकपा एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं - नेकपा एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने भएको हो।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा जिम्मेवारी वाडफाड, कार्य विभाजनलगायत विषयमा छलफल हुने बताए।

यसका साथै प्रधानमन्त्री ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पनि बैठकबाट पास हुने उनले जानकारी दिए। 

माधव-झलनाथ समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणका बारेमा पनि छलफल भएर बैठकले आवश्यक निर्णय लिने भट्टराईको भनाइ छ। एमालेले माधव-झलनाथ समूहका २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई अन्तिम स्पष्टीकरण सोधेको छ।

प्रकाशित: Apr 23, 2021| 03:16 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।