शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुरा नमिलेपछि ओलीलाई नमस्कार गरेर निस्किएँ : वामदेव गौतम

कुरा नमिलेपछि ओलीलाई नमस्कार गरेर निस्किएँ : वामदेव गौतम

नेकपा एमालेका नेता वामदेव गौतमले बिहीबार बेलुकी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल उपलब्धि बिहीन भएको बताएका छन्।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं - नेकपा एमालेका नेता वामदेव गौतमले बिहीबार बेलुकी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल उपलब्धि बिहीन भएको बताएका छन्।

'बिहीबार बेलुकी ८ बजे बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले मलाई पार्टी काममा फर्कन भन्नुभयो। मैले फागुन २८ को अवैधानिक निर्णय फिर्ता लिन अनुरोध गरे', उनले भने, 'उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो।'

उनले प्रधानमन्त्रीको २८ गतेको निर्णय फिर्ता नहुने जवाफ आएपछि आफूले ओलीसँग आउन नसक्ने जवाफ दिएको बताए। 'डिनर चल्दै थियो। कुरा नमिलेपछि म नमस्कार गरेर म विदा भएँ', उनले भने।

उता ओली र माधवकुमार नेपालबीच बुधबार र बिहीबार वान टु वान वार्ता भएको थियो। उनीहरूबीचको वार्ता पनि निष्कर्षमा पुगेको छैन।

प्रकाशित: Apr 23, 2021| 02:59 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।