शुक्रबार, भदौ १२, २०८३

प्रदेश १ : भीडभाडले बढायो कोरोना संक्रमण

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

विराटनगर - प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। परीक्षण संख्या पनि बढाइएको छ। 

सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार ६०२ जनाको पीसीआर परीक्षण गर्दा १६८ जनामा संक्रमण देखियो। मन्त्रालयले यो २७.९० प्रतिशत भएको जनाएको छ। बिहीबार नै एक महिलाको मृत्युसमेत भयो। 

मन्त्रालयका अनुसार आइतबार १२.८७, सोमबार १६.९२, मंगलबार १८.३७ र बुधबार २१ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो।

विराटनगरमा संक्रमित धेरै

पछिल्लो एक सातामा विराटनगरमा संक्रमितको संख्या बढ्दो छ। प्रदेश १ का १३७ वटा स्थानीय तहमध्ये विराटनगरमा संक्रमित बढ्दो क्रममा छन्। भारतबाट विराटनगरको रानीनाका हुँदै दैनिक आवतजावत गर्नेहरू समुदायमा पुग्ने भएकाले संक्रमण बढेको जनस्वास्थ्यकर्मी कैलाश श्रेष्ठ बताउँछन्। 

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विराटनगरमा बिहीवार ९७ जनामा संक्रमण पुष्टि भएको छ। विराटनगरमा संक्रमण दैनिक बढ्दै गए पनि स्वास्थ्य मापदण्ड पालना भएको देखिँदैन। 

दैनिक कार्यक्रममा सयौंको उपस्थिति हुने गरेको छ। जिल्ला प्रशासन कार्यालयले २५ भन्दा बढी सहभागी नहुन आग्रह गरे पनि सयौंको सहभागितामा स्वास्थ्य मापदण्ड पालना नगरी कार्यक्रमहरू हुने गरेका छन्। 

बजारमा हुने भीडभाडमा कुनै कमी आउन सकेको छैन। स्वास्थ्य सावधानी पालना नगरेकै कारण विराटनगर कोरोनाको हट्स्पट बन्ने अवस्था देखिएको जनस्वास्थ्यकर्मी श्रेष्ठको भनाइ छ।  

तयारी नै कमजोर

कोरोना संक्रमण दर दिनदिनै बढ्दो छ। प्रदेश सरकारले गत वर्षको जस्तो तयारी अहिले गर्न सकेको छैन। सीमाबाट नेपाल प्रवेश गर्नेहरू समुदायमा पुगिरहेका छन्। उनीहरूको सामान्य स्वास्थ्य परीक्षणसमेत हुन नसकिरहेको अवस्था छ। 

प्रदेश सरकारले अहिले कोरोना नियन्त्रणका लागि कार्ययोजना तयार गरी कार्यान्वयनमा लागेको बताएको छ। कोरोना रोकथामका चुुनौती त्यसको समाधान र निराकरणका विषयमा कार्ययोजना तयार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

पहिलो, दोस्रो तथा तेस्रो गरी चरणबद्ध रूपमा कोभिडका कारण देखापर्ने समस्या समाधानका लागि कार्ययोजना तयार गरिएको छ। 

प्रदेश १ का स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने, सीमा क्षेत्रको आवतजावतमा सुुरक्षा मापदण्डअनुुसार स्वास्थ्य चेकजाँच गर्दै निगरानी बढाउने सीमा नाका थप व्यवस्थापन गरिने, सीमामा हेल्थ डेस्कहरू पुुनः सञ्चालनमा ल्याउँदै स्क्रिनिङ प्वाइन्टको स्थापना गर्ने,  नाकाबाट आवतजावत गर्नेको रेकर्ड राख्ने देखि आइसोलेसन, क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माणको कार्य अघि बढाइने कार्ययोजना बनाइएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए। उनका अनुसार कोभिड अस्पतालहरूमा बेड थप गर्ने, प्रयोगशालाको व्यवस्थापन गर्ने कामलाई समेत प्राथमिकतामा राखिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्थापन खर्चको अभिलेख प्रतिवेदन राख्ने तथा मूल्याङ्कन समीक्षा प्रतिवेदन पेस गर्ने विषय कार्ययोजनामा समेटिएको छ। त्यस्तै सामाजिक विकास मन्त्रालयलाई विराटनगरस्थित कोभिड अस्पताललाई थप व्यवस्थापन गर्दै आइसोलेसन तथा भेन्टिलेटरसहितका बेडहरू थप गर्ने, प्रदेशमा रहेको आइसोलेसन र कोभिड अस्पतालको थप व्यवस्थापन एवं प्रभावकारी बनाउने, मन्त्रालय मातहतका कार्यालयसँग समन्वय गर्दै अघि बढ्ने विषय पनि कार्ययोजनामा समेटिएको सरकारको प्रवक्तासमेत रहेका मन्त्री कार्कीले बताए। 

प्रकाशित: Apr 23, 2021| 02:24 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।