शुक्रबार, भदौ १२, २०८३

बझाङमा एक कोरोना संक्रमितको मृत्यु 

बझाङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

बझाङ- बझाङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिए।

संक्रमित भारतको तामिललाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए। उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो।

उनी भारतको ब्याङलर भन्ने ठाउमा केही वर्षदेखि काम गर्दे आएका थिए। उनी घर आएको करिब १५ दिनपछि उनको मृत्यु भएको उनका परिवार स्रोतले बताएको छ।

संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहलपुर  लाँदै गर्दा बाटोमै मृत्यु भएकोसमेत फोकल पर्सन जोशीले बताए।

प्रकाशित: Apr 22, 2021| 14:30 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।