शुक्रबार, भदौ १२, २०८३

सीमामा स्वदेश फर्कनेको लर्को, निगरानी फितलो

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि बेलहिया नाका हुँदै स्वदेश फर्किने नेपालीहरु दैनिक वृद्धि हुन थालेका हुन्।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

बुटवल- नेपालकै दोस्रो ठूलो नाका रुपन्देहीको बेलहियामा भारताट फर्कने नेपालीहरुको लर्को लाग्न थालेको छ।

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि बेलहिया नाका हुँदै स्वदेश फर्किने नेपालीहरु दैनिक वृद्धि हुन थालेका हुन्। रुपन्देहीको बेलहिया नाकासहित अन्य साना नाकाहरुबाट समेत स्वदेश फर्कने नेपालीहरुको लामै लाइन लाग्ने गरेको छ। 

भारतमा संक्रमण फैलिएपछि भारत सरकारले विभिन्न प्रान्तहरुमा लकडाउन गर्न थालेको छ। प्रायः रोजगारीका लागि भारत पुगेकाहरु लकडाउन भएसँगै नेपाल फर्कन थालेका छन्। सीमा नाका हुँदै नेपालीहरु स्वदेश फर्कन थाले पनि स्वास्थ्य मापदण्ड भने अझै चुस्त बनेको छैन। भारतबाट आउने नेपाली तथा अन्य यात्रुलाई सहज रुपमा नेपाल प्रवेश गराइएको छ। 

कोभिड चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको पाइएको छ। गुनासो आएपछि बिहीबारै लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरीले सीमाको अनुगमन गरेका छन्। मन्त्री गिरीले कोभिडको नयाँ भेरिएन्ट फैलिएर समस्या सिर्जना गरेको बताउँदै प्रदेश सरकारले नाकामा थप निगरानी बढाउने बताए। 

ईलाका प्रहरी कार्यालय बेलहियाका अनुसार लामो दूरीबाट दैनिक २ देखि ३ सयको हाराहारीमा स्वदेश फर्कने नेपालीहरु छन्। एक हप्ताको अवधिमा बेलहिया नाकाबाट हुदै ३ हजार २१९ जना नेपाली स्वदेश फर्किएका छन्। प्रहरीका अनुसार ९५५ महिला र २ हजार २६४ पुरुष नेपाल फर्किएका हुन्। 

यो भारतको लामो दूरीबाट आउने नेपालीहरुको मात्र तथ्यांक हो। यसबाहेक नेपालबाटै नजिकका भारतीय बजारमा किनमेल गर्ने र दैनिक आवतजावत गर्नेहरुको तथ्यांक समावेश छैन। त्यसलाई पनि जोडेर हेर्ने हो भने दैनिक ८ सयको हाराहारीमा सीमाबाट आवातजावत हुने गरेको छ। 

सीमामा सहजै आवातजावत हुने भएपछि नेपालमा कोरोनाको जोखिम बढ्न थालेको छ। रुपन्देही प्रशासनले सीमामा सर्तकता अपनाएको दाबी गरे पनि त्यस्तो अवस्था भने देखिँदैन। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सीमाको निगरानी बढाइएको दाबी गरे। उनका अनुसार अस्थायी होल्डिङ्ग सेन्टर बनाइएको छ। जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) का संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी तामाङ्गले कोभिडबाट जोगिन रुपन्देहीले ३ वटा रणनीति तयार पारेको बताए। ‘पहिलो टेष्ट, दोस्रो कन्टेन्ट र तेस्रो ट्रिट’ उनले भने। ३ वटा मूख्य रणनीति अनुसार सीमा नाका व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण गरिएको उनको दाबी छ। 

बेलहिया नाकास्थित अध्यागमन कार्यालय रहेको भवनलाई चेकजाँच केन्द्र बनाइएको छ। टाढाबाट आउने नेपालीहरुलाई होल्डिङ्ग सेन्टरमा राखी उनीहरुको तापमान लिएर शंकास्पद देखिएमा एन्टिजेन परिक्षण गर्ने गरिएको छ। अहिलेसम्म शंकास्पद ११६ जनाको एन्टिजेन परिक्षणबाट ८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख डाक्टर राजेन्द्र गिरीले रुपन्देहीका सक्रिय संक्रमितको संख्या बिगत एक सातादेखि बढदै गएको बताए। उनका अनुसार रुपन्देही सीमा जोडिएको जिल्ला तथा अत्यधिक मानिसहरुको आवातजावत हुने भएकाले पनि कोरोनाको जोखिम बढेको हो। 

एन्टिजेनबाट रिपोर्ट पोजिटिभ देखिए त्यसको व्यवस्थापन कोभिड विशेष अस्पतालमा गर्ने व्यवस्था रहेको डिसीसीएमसीको भनाइ छ। तर आइसोलेसन सेन्टर भने तयार भएका छैनन्।

प्रकाशित: Apr 22, 2021| 14:24 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।