काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडबीच छलफल भएको छ।
नेता नेपाल र सल्लाहकार दुगडबीच राजधानीको नक्सालस्थित मेरियट होटलमा छलफल भएको छ। छलफलमा के विषयमा कुराकानी भइरहेको भन्ने सार्वजनिक गरिएको छैन।
यद्यपि नेताद्वयबीच भएको वार्ताका सम्बन्धमा कुराकानी भएको बताइएको छ। केही बेरअघि ओली र नेपालबीचको भेटवार्ता सोही होटलमा भएको थियो। भेटवार्तामा भएको सहमतिबारे केही जानकारी सार्वजनिक गरिएको छैन।
बुधबार र बिहीबार भएको वार्तापछि दुई नेताबीच विगत केही महिनादेखि जारी संवादहीनता भने तोडेको छ।
बिहीबार भएको दुई घन्टा लामो वार्तापछि प्रधानमन्त्री ओली बैठकस्थलबाट निस्किएका छन्। वार्तामा के भयो भन्नेबारे केही सार्वजनिक भएको छैन।