शुक्रबार, भदौ १२, २०८३

समसामयिक राजनीतिबारे जसपाका सांसदलाई ब्रिफिङ

जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका सांसदहरुलाई संसदीय दलको कार्यालयमा बोलाएर सत्ता समीकरणका विषयमा भइरहेको वार्ता र छलफलबारे जानकारी गराएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका सांसदहरुलाई संसदीय दलको कार्यालयमा बोलाएर सत्ता समीकरणका विषयमा भइरहेको वार्ता र छलफलबारे जानकारी गराएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरुलाई पार्टी अध्यक्ष महन्थ ठाकुरले सरकारी पक्षसँग गरेको वार्ताको ब्रिफिङ दिइएको हो। 

‘दुई–चार दिनदेखि पार्टीका केही सांसदहरूले ठाकुरजीसँग के भइरहेको छ भनेर सोधिरहेकोले आज ती जिज्ञासा राखिरहेका साथीहरूलाई सिंहदरबारस्थित संसदीय दलमा बोलाई अहिलेसम्म भएको मुद्दा र एजेन्डा सम्बन्धमा सबै पक्षसँग भएको कुराकानीको जानकारी गराइएको छ,’ जसपाका एक सांसदले भने।

पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले सांसदहरुलाई समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराएका थिए। सत्ता सहकार्यबारे कसैसँग कुनै सहमति नभएको पनि जसपाले स्पष्ट पारेको छ। 

प्रकाशित: Apr 22, 2021| 10:38 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।