शुक्रबार, भदौ १२, २०८३

मेरियट होटेलबाट धरहरा चिहाउँदै ओली र नेपाल

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्बिरमा दुवै नेताले झ्यालबाट धरहरातर्फ नियालेको देख्न सकिन्छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं- काठमाडौंकाे नक्सालस्थित होटेल मेरियटमा नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच वार्ता भइरहेको छ।

बुधबार पहिलो चरणमा भएको वार्तापछि दुई नेता बिहीबार दिउँसो पनि सोही होटेलमा बसेर छलफल गरिरहेका छन्।
यही मेसोमा अध्यक्ष ओली र नेता नेपालले मेरियट होटेलको कोठमा रहेको झ्यालबाट सुन्धारामा निर्माण सम्पन्न भएको धरहरा अवलोकन गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्बिरमा दुवै नेताले झ्यालबाट धरहरातर्फ नियालेको देख्न सकिन्छ।

ओलीले यही वैशाख ११ गते धरहराको उद्घाटन गर्दैछन्। धरहरा क्षेत्रमा अन्य थुप्रै पूर्वाधार भने निर्माणकै क्रममा छन्। धरहरा स्तम्भ मात्रै निर्माण सम्पन्न भइसकेकाले ओलीले त्यसको उद्घाटन गर्ने भएका हुन्। सर्वसाधारणका लागि धरहरा खुल्न केही समय अझै लाग्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

बिहीबार बिहान वर्षा भएसँगै काठमाडौंको मौसम सफा भएपछि काठमाडौं उपत्यकाको दृष्य मनोरम देखिएको छ।
दुई नेताबीच लामो समयदेखिको संवादहिनता बुधबार तोडिएको थियो। वार्ता सकारात्मक दिशामा अघि बढिरहेको नेताहरुले बताएका छन्।

प्रकाशित: Apr 22, 2021| 09:50 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।