शुक्रबार, भदौ १२, २०८३

सगरमाथा आधार शिविरमा हिमालय उद्धार संघको उपचार कक्ष

सगरमाथा आरोही तथा आरोहण सहयोगीलाई हुनसक्ने स्वास्थ्य समस्यालाई सम्बोधन गर्न हिमालय उद्धार संघ नेपालले ५ हजार ३ सय मिटरको उचाइमा रहेको आधार शिविरमा ‘आपतकालीन कोठा’ सञ्चालनमा ल्याएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– सगरमाथा आरोही तथा आरोहण सहयोगीलाई हुनसक्ने स्वास्थ्य समस्यालाई सम्बोधन गर्न हिमालय उद्धार संघ नेपालले ५ हजार ३ सय ५० मिटरको उचाइमा रहेको आधार शिविरमा ‘आपतकालीन कक्ष’ सञ्चालनमा ल्याएको छ।

संघका कर्मचारी गोविन्द बस्यालका अनुसार आधार शिविरमा डा. प्रकाश खरेल, डा. सुरज श्रेष्ठ र डा. संगीता पौड्याल सेवामा हाजिर छन्। आरोही र आरोहण सहयोगीका लागि स्थापना गरिएको भए पनि इमर्जेन्सी कक्षमा आपतकालीन अवस्थामा सबै बिरामीको उपचार र आपतमा परेका बिरामीको उद्धार गरिने बस्यालले जानकारी दिए। 

कोरोना महामारीका बीच पनि यस वर्ष सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि उल्लेख्य संख्यामा आरोहीहरुले आरोहण अनुमति लिएका छन्। 

पर्यटन विभागका अनुसार यस वर्ष ३७७ ले सगरमाथा आरोहणको अनुमति लिएका छन्। गत वर्ष कोभिडका कारण कसैलाई पनि आरोहण अनुमति दिइएको थिएन।

संसारकै अग्लो स्थानमा रहको उक्त पर्वतारोही केन्द्रित क्लिनिकमा सामान्य चोटपटक लागेका, श्वासप्रश्वासको समस्या भएका, मांसपेशी दुखेर हैरान भएका तथा खुम्बु कफका बिरामीहरु आउने गरेका छन्।

संघले सन् २००३ मा मनाइएको सगरमाथा आरोहण स्वर्ण महोत्सवदेखि आधार शिविरमा इमर्जेन्सी कक्षमार्फत स्वास्थ्य सेवा दिँदै आएको छ। उच्च हिमाली क्षेत्रमा जाने पर्यटक लक्षित स्वास्थ्य सेवा तथा उद्धार गर्ने उद्देश्यले गठित संघले सन् १९७३ देखि काम थालेको हो।

संघले पहिलो स्वास्थ्य केन्द्र लुक्लाबाट पाँच दिनको पैदल यात्रामा पुगिने फिरिचेमा ४५ वर्षअघि स्थायी स्वास्थ्य केन्द्र स्थापना गरेर स्वास्थ्य सेवा तथा उद्धार सहजीकरण गर्दै आएको छ।

संघले विश्वकै अग्लो पास थोरङ्ला पासको आधार क्षेत्र उपल्लो मनाङमा पनि स्थायी स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको छ। मनाङको स्वास्थ्य केन्द्र सन् १९८० देखि सञ्चालनमा छ। साथै  जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्डमा पनि अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

प्रकाशित: Apr 22, 2021| 09:48 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।