शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमणबाट दुई पत्रकारको निधन

कोरोना महामारीको दोस्रो लहर फैलिएपछि संक्रमणबाट दुई पत्रकारको निधन भएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– कोरोना महामारीको दोस्रो लहर फैलिएपछि संक्रमणबाट दुई पत्रकारको निधन भएको छ।

नेपाल पत्रकार महासंघका अनुसार महासंघ दाङ शाखाका सदस्य दामोदर अधिकारी र झापा शाखाका सदस्य कमल मिश्रको निधन भएको हो। उनीहरु दुवैको कोरोना संक्रमण भई उपचारका क्रममा निधन भएको महासंघले जनाएको छ।

दाङको घाराही–१७ निवासी ४१ वर्षीय पत्रकार अधिकारीको काठमाडौंमा उपचारका क्रममा वैशाख ७ गते मंगलबार निधन भएको थियो।  

झापाबाट पत्रकािरता सुरु गरी हाल काठमाडौंमा पत्रकारिता गरिरहेका मिश्रको वैशाख १ गते राति ४९ वर्षको उमेरमा काठमाडौंस्थित टेकु अस्पतालमा उपचारका क्रममा निधन भएको महासंघको विज्ञप्तिमा उल्लेख छ।

महासंघले पत्रकारद्वय अधिकारी र मिश्रप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

कोरोनाकै कारण यसअघि ६ जना पत्रकारको निधन भएको थियो भने चार सयभन्दा बढी संक्रमित भएका थिए। 

प्रकाशित: Apr 22, 2021| 09:19 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।